भोजपुर, १८ मंसिर ।
यहाँका शारीरिक रुपमा असक्त सात जनाले ह्वीलचियर पाएका छन् । अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत करुणा फाउन्डेसन, सामाजिक विकास मन्त्रालय प्रदेश १ र स्थानीय तहको साझेदारी ह्वीलचियर वितरण गरिएको हो ।
पौवादुङमा गाउँपालिकाका तीन जना र टेम्केमैयुङ गाउँपालिकाका चार जनालाई ह्वीलचियर वितरण गरिएको अरुणा फाउण्डेसन भोजपुरका प्रमुख जनार्दन सुवेदीले जानकारी दिए । अन्य थप तीन जनालाई पनि वितरण गर्ने योजना रहेको सुवेदीको भनाइ छ । सुवेदीका अनुसार ३१ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा जिल्लाका नौ ओटै स्थानीय तहमा कार्यक्रम गरिएको छ ।
भोजपुरका शारीरिक रुपमा असक्तले पाए ह्वीलचियर
तपाईको प्रतिक्रिया
-
राष्ट्रिय युवा संघ नेपाल भोजपुरले वितरण गर्यो विद्यार्थीलाई जुत्ता र शैक्षिक सामग्री
-
चट्याङ लागेर टेम्केमैयुङ ५ का चौध घरमा क्षती
-
मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव
-
कोशी प्रदेश सरकारद्धारा हतुवागढीका आगलागी पीडितलाई राहत वितरण
-
डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम
-
डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम
-
भोजपुर टक्सारका आगलागी पीडितलाई राहत वितरण
-
आवधिक पञ्च वर्षिय योजनाको लागि टेम्केमैयुङ ६ कोटको योजना छनौट सम्पन्न
-
टेम्केमैयुङ गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न
-
टेम्केमैयुङ गाउँपालिकाको दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न