भोजपुरमा पनि मनाइयो मदन भण्डारीको ७१ औँ जन्म जयन्ती


भोजपुर, १४ असार ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका जनता नेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ ।  जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन भोजपुरको आयोजनामा ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो । भदन भण्डारी फाउन्डेसन भोजपुरकी अध्यक्ष सृजनाको राई अध्यक्षतामा भएको कार्यक्रम मार्फत नेपाली कम्युनिष्ट आन्दोलनमा भण्डारीले पु¥याएको योगदानको विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार