भोजपुरको हेलौछा र षडानन्दमा कांग्रेससहित विभिन्न पार्टी परित्याग ७८ जना एमालेमा प्रवेश


भोजपुर, २४ बैशाख । भोजपुर नगरपालिका–१ भाम्राङ्ग र षडानन्द नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ७८ जना एमालेमा प्रवेश गरेका छन् ।
भाम्राङ्गमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गरेका छन् । शनिबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।प्रवेश गर्नेहरुमा पेमदोर्जी शेर्पा, दातेन्जी शेर्पा, निमा शेर्पा, निम्दिकी शेर्पा, वविता शेर्पा, धनबहादुर तामाङ, गौतम तामाङ, धर्मराज तामाङ, राजेश गुरुङ, बुद्धसिं तामाङ, सविता दर्जी, रमिला तामाङ र देवराज तामाङसहित ५१ जना एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए । नव प्रवेशीहरुलाई पूर्व मन्त्री तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाले पार्टीमा स्वागत गरेका छन् ।

 

षडानन्द नगरपालिकामा नेपाली काङ्ग्रेस, माओजवादी केन्द्र र एकिकृत समाजवादीबाट २७ जना प्रवेश गरेको षडानन्द नगर कमिटी सचिव दिपेश विष्टले जानकारी दिए । यहाँ समाजवादी पार्टीका षडानन्द बहुमुखी क्याम्पस अध्यक्ष नै एमालेमा प्रवेश गरेको विष्टले बताए । प्रवेश गर्नेहरुमा दिपक विष्ट, शुवास खड्गी, कविता विक, डम्बर बहादुर विक, भिमकला विक, तारा विक, दिनेश विक, सोभा विक, चन्दा बस्नेत, उद्धब बहादुर कटेल लगाएत २७ जना एमालेमा प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार