माओवादीबाट निर्वाचित वडाध्यक्ष नेपालसहित ७२ जना एमालेमा प्रवेश, अध्यक्ष भन्छन् अवको भविष्य एमालेमा छ !


भोजपुर । माओवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष सदस्यसहित विभिन्न पार्टी परित्याग गरी ७२ जना  एमालेमा प्रवेश गरेका छन् । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्य प्रसाद नेपालनिर्वाचित वडा सदस्यहरु सहितएमाले प्रवेश गरेका हुन् । उनी नेकपामा माओवादी भोजपुरका सचिवालय सदस्य एवं तत्कालिन माओवादी जनसरकारका जिल्ला सचिव समेत रहेका थिए ।
एमाले प्रवेशगर्दै वडा अध्यक्ष सुर्य नेपालले अवको विकल्प नेकपाएमाले मात्रभएको र गाउँपालिकाको विकास एमालेले मात्रगर्ने भएको कारण आफुहरु एमालेमा प्रवेश गरेको बताए ।
वडाध्यक्ष नेपालले भने,‘मैले माओवादी पार्टीको लागि धेरै संघर्ष गरेको छु ।पार्टीले मेरो कामको मुल्याङ्कन नगरेकोले पार्टी त्याग गर्न बाध्य भए । मैले जनताको पक्षमा काम गर्दा पनि माओवादी पार्टीले मुल्याङ्कन गरेन ।’

एमाले प्रवेश गर्नेहरुमा वडा सदस्य भगवान पुरी माओवादी टेम्केमैयुङ गाउँपालिका सदस्य गोविन्द पुरी, वडा उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ,सचिव सन्दिप पुरी लगायत ६० जना रहेका छन् । यसै गरि नेपाली काग्रेसबाट वडा सदस्यकोे उमेद्धार बनेकी अम्बिका रम्तेलले पनि पार्टी परित्याग गरी एमाले रोजेकि छिन ।
जनता समाजवादी पार्टीका संभव राई पनि नेकपा एमालेमा प्रवेश गरेको टेम्केमैयुङ गाउँकमिटी अध्यक्ष सुनिल राईले बताए । योसंगै माओवादीको टेम्केमैयुम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि शुन्य भएको छ ।
नेकपा एमाले भोजपुरकाअध्यक्षले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारि प्रदान गरिने बताए । केन्द्रीय सदस्य हरीबहादुर राईले राजनीतिक, वैचारिक र सांगठानिकरूपमा सबल र सक्षम पार्टी एमाले भएकोले अवको निर्वाचनमाबहुमत पार्टी हुने बताए । एमाले विरुद्धभएको घेराबन्दी चाडै तोडिने समेत बताए ।
एमाले प्रवेश गर्नेहरुलाई नेकपाएमालेका केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राई , जिल्लाअध्यक्ष शरण राई , टेम्केमैयुम गाउँपालिकाअध्यक्ष् ाधुव्रराज राई लगायतले पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार