पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण


भोजपुर, २९ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा बृद्र्धी गर्ने तथा विचैमा कक्षा छाड्ने दर घटाउने उदेश्यले स्टेशनरी सामान वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शुक्रबार भएको स्टेशनरी सामान वितरण कार्यक्रममा गाउँपालिका भित्रका १ देखि ३ कक्षा सम्म अध्ययन गर्ने आठ सय ३३ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । कार्यक्रम मार्फत  कक्षा एक देखि ३ सम्मका विद्यार्थीहरुलाई पाँच हजार थान कापी, तीन हजार ८०० थान पेन्सिल,एक हजार थान इरेजर र एक हजार थान कटर वितरण गरिएको पौवादुङमा गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताईन । विगतका वर्षहरुमा पनि शैक्षिक सुधारका लागि विद्यार्थीहरुलाई न्यानो कपडा,झोला तथा स्टेशनरी सामान वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार