भोजपुर, २९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिकामा चार दिने विद्यालय स्तरिय तथ्याङ्क व्यवस्थापन तालिम शुरु भएको छ । विद्यालयको लेखा प्रणाली तथा रेकर्डहरुलाई व्यवस्थित बनाउने उद्धेश्लयले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईले भने,‘ हामीले सवल र सक्षम गाउँपालिका बनाउने अभियानका साथ काम गरिरहेका छौँ । जसको लागि शिक्षा क्षेत्र एक महत्वपूर्ण पक्षको हो । विद्यालयको भौतिक निर्माणसँगै यहाँका लेखा प्रणाली तथा अन्य तथ्याङकहरुलाई व्यवस्थित बनाउन तालिम सञ्चालन गरेका हौँ । यस्त खालका तालिमले शिक्षा क्षेत्रको सुधारमा केहि टेवा पुग्छ ।’
तालिममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायकहरु र नीजि विद्यालयका प्रधानाध्यक गरी ४६ जनाको सहभागिता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश राईले जानकारी दिएल ।