सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराँती


भोजपुर, २४ मंसिर । नेकपा माओवादी केन्द्रको हुन लागिरहेको प्रदेश १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँतीको समेत उम्मेदवारी रहनसक्ने बताएका छन् ।
प्रदेश पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरि देश र जनताको सेवा गर्ने संकल्पसहित अध्यक्षमा उम्मेदवारी रहनसक्ने संकेत गरेका हुन्। कुराकानीका क्रममा किराँतीले पार्टी भित्र व्यापक धमिरा प्रबृति फष्टाएको भन्दै त्यो प्रबृतिको भण्डाफोर गर्नु पर्ने बेला भएको बताए ।
‘समिक्षा र आत्मसमिक्षा नगर्ने, पार्टी निर्माणको संकल्प नगर्ने, आत्मकेन्द्रीत व्यक्तिवादी प्रवृति देखा परे अध्यक्षमा मेरो उम्मेदवारी स्वभाबिक रहनेछ ।’ उनले भने ‘पार्टी भित्र सर्टिफिकेट देखाएर धमिराले काठ खाए झै पार्टीलाई खाने प्रबृतिलाई परास्त गर्नुनै अहिलेको नेतृत्वको अगाडी मुख्य चुनौती हो ।’
पार्टी निर्माणको संकल्प नगर्ने हो भने पुरानै प्रवृत्तिले पार्टी चलाउछु भन्ने हो भने यस खालको नेतृत्व अवको माओवादी पार्टीमा कार्यकर्ताले स्विकार गर्न नसक्नेमा किराँतीको जोड छ ।
माओवादी केन्द्रले सवै प्रदेशमा यहि २५ गते एकसाथ अधिवेशन सम्पन्न गर्दैछ । पार्टीको प्रदेश १ मा हालसम्म पार्टी अध्यक्षका लागि सुरेसकुमार राई, ईन्द्र आङबो र हेमराज भण्डारीको पनि चर्चा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार