नेकपा माओवादी केन्द्र भोजपुरको सात ओटा स्थानीय तहको अधिवेशन सम्पन्न


भोजपुर, १५ मंसिर ।​​​​​​​नेकपा माओवादी केन्द्र भोजपुरले जिल्लाका सातवटा स्थानीय तहको नगर तथा गाउाअधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहको अधिवेशनअन्तर्गत माओवादी केन्द्रले दुई नगरपालिका र पाँचवटा गाउँपालिकाको अधिवेशन सकेको हो । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको अधिवेशन सम्पन्न भएको पौवादुङमा गाउँ कमिटि अध्यक्ष सम्झना राईले बताईन । हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिकाको भने सम्पन्न हुन बाँकी रहेको छ ।

पौवादुङमा गाउँपालिकामा सम्झना राईको अध्यक्षतामा खड्गराज तामाङ, राम दर्लामी मगर, अनिता राई उपाध्यक्ष, मुक्मिन राई सचिव, हर्क राई सहसचिव र रामु राई कोषाध्यक्षसहित ५५ सदस्यीय गाउँ कमिटी बनेको हो । त्यस्तै रामप्रसाद राई गाउँपालिकामा पनि सम्झना राईको अध्यक्षतामा नयाँ गाउँ कमिटी बनेको छ । अधिवेशनबाट उपाध्यक्षमा बाबुराम बन्जरा, चन्द्र मगर, सुषमा राई चुनिएका छन् भने सचिवमा सुरेश राई र सहसचिवमा सोमकुमार राई रहेका छन् ।

यता नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीको प्रथम अधिवेशनबाट यङ्गराज राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा बुद्धसिं तामाङ, गीता राई र योगराज न्यौपाने, सचिवमा राजविकास राई, सह–सचिवमा बद्री कार्की र कोषाध्यक्षमा विष्णु हिङमाङ निर्वाचित भएका छन् । त्यस्तै जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका कमिटी अध्यक्षमा सङ्गम राई र साल्पासिलिछो गाउँपालिका अध्यक्षमा दलबहादुर गिरी निर्वाचित भएका छन् । अधिवेशन हुन बाँकी गाउँपालिकामध्ये आमचोक गाउँपालिकाको मङ्सिर १७ र हतुवागढी गाउँपालिकाको पनि मङ्सिर १८ गते पालिका अधिवेशन गरिने नेकपा (माओवादी केन्द्र) भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार