भोजपुर बजारका खाद्य उद्योग तथा पसलहरुको छड्के अनुगमन


भोजपुर १४ मंसिर । भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार जिल्लामा रहेका किराना पसल, खाद्य उद्योग लगाएतका पसलहरुको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्यादगुज्रीएका सामग्रीहरु समेत नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटा र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले संयुक्त टोलीले अनुगमन गरेको हो । उपभोक्ताको हितलाई ध्यानमा राख्दै म्याद गुज्रीएका अखाद्य बस्तुको बेचविखालाई नियन्त्रण गर्ने उदेश्यले बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख लोकेन्द्र फागोले बताए ।
अनुगमनका क्रममा म्याद गुज्रीएका सामग्री भेटिएका पसलहरुलाई यस्ता सामग्री बेचविखान नगर्नका लागि सचेत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटा प्रमुख अनुप हलुवाईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार