भोजपुर काङग्रेस अधिवेशन : प्रदेश सभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापतिमा निर्वाचित


भोजपुर, ५ मंसिर । नेपाली काङग्रेस भोजपुरको प्रदेश सभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ । काङग्रेसको १४ औँ अधिवेशनबाट प्रदेश ‘ख’मा मदन खुलाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन् ।

प्रदेश सभा ‘क’ मा भने निर्वाचनमा मार्फत नेतृत्व चयन गरिएको हो । ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित भएका छन् । बस्नेत २९९ मत ल्याएर सभापतिमा विजयी बनेका हुन् । बस्नेतका निकटतम प्रतिद्धन्दी देवन्द्र राईले १५७ मत र नगेन्द्र कार्कीले ७५ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार