भोजपुर २६ कात्तिक । नेकपा एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुजन राई अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा विदुर चन्द्र राई, सचिवमा दिपेश विष्ट, उपसचिवहरुमा सन्तोष बस्नेत र लेख बहादुर थापा चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए । अधिवेशन विहिवार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा दिङलामा सम्पन्न भएको हो । योसँगै एमालेको जिल्लाका नौ ओटै स्थानीय तहको अधिबेशन सम्पन्न भएको छ ।