भोजपुरमा प्रहरी कर्मचारीहरुलाई मानसिक रोग सम्वन्धी अनुशिक्षण कार्यक्रम


भोजपुर ९ असोज । जिल्ला प्रहरी कार्यालय भोजपुरले मानसिक रोग सम्वन्धी एक दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको हो । विभिन्न कारणले प्रहरी कर्मचारीहरुमा डिप्रेशन हुन थाले पछि त्यसलाई नियन्त्रण गर्न कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको कार्यसम्पादनलाई सुधार गर्न “नेपाल प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिबृद्धी योजना २०७७’’ अनुसार कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए । राईले भने ‘ विभिन्न कारणले प्रहरी कर्मचारीहरुमा मानसिक रोगको समस्या देखा परेकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि मानसिक रोग सम्वन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । यसले उनीहरुमा मानसिक रोगबाट कसरी वच्न सकिन्छ भन्ने विषयमा जानकारी भएको छ, जसले हाम्रो दैनिक कार्यसम्पादनमा समेत प्रगति हुने छ ।’

मानसिक रोगको पहिचान तथा यसबाट बच्ने उपायहरुको बारेमा जिल्ला अस्पताल भोजपुरका चिकित्सक डा.संजय रानामगर र डा.रजिना श्रेष्ठ द्धारा जिल्लामा कार्यरत ५६ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार