बिद्युत प्राधिकरण वितरण केन्द्र भोजपुरलाई विद्यार्थीको ध्यानाकर्षण पत्र


भोजपुर २० श्रावण । भोजपुरमा बिद्युत नियमित नभको भन्दै विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रलाई ध्यानकर्षण पत्र बुझाएका छन । विद्युत् सेवा नियमित नहुँदा विद्यार्थीले मात्र नभर सरकारी कर्मचारी, व्यवसायी, बैङ्क तथा वित्तीय संस्थाहरू लगाएत सबै क्षेत्र प्रभावित बनेका छन् ।

बुधवार नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्र निमित्त प्रमुख युवराज घिमिरेलाई बिध्यार्थिहरुको समुहले ध्यानाकर्षण पत्र बुझाएको हो । बिधुत अनियमित हुदा पनि प्राधिकरणले यश तर्फ ध्यान नदिएको भन्दै कोरोना संक्रमणका कारण कक्षामा भौतिकरुपमा उपस्थित हुन नसक्ने भएकोले अनलाइन बाट पठनपाठन गर्न बाध्य भएको बेला बिधुत अनियमित भएकोले पठनपाठन बाट बञ्चित हुनुपरेकोले सुधार गर्न माग गरेको विद्यार्थी अनोज कार्कीले बताए।

विद्युत् लाइन अनियमित हुने समस्या सुधारका लागि जिल्लावासीले प्राधिकरणलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।विद्यार्थीहरूको टोलीले जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर विद्युत् अनियमित हुने समस्याका बारेमा समेत ध्याकर्षण गराएका छन् । भोजपुरमा हाल हिले भोजपुर ३३ केभिए प्रसारण लाइनबाट विद्युत् सेवा सञ्चालन हुँदै आइरहेको छ भने जिल्लामा दुईवटा हाइड्रोपावर निर्माण भएका छन् ।

यता नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने अहिले जरायोटारबाट सङ्खुवासभाको तुम्लिङटार जोड्ने ३३ केभिए प्रसारण लाइनको निर्माण कार्य भइरहेकाले यसको निर्माण कार्य पूरा भएमा केही हदसम्म समस्या समाधान हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार