भोजपुरबाट मजदुरको ज्याला लुटेर फरार व्यक्ती नौ वर्षपछि पक्राउ


भोजपुर, १९ साउन ।

 

मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ती नौ वर्षपछि पक्राउ परेका छन् । २०६९ सालमा सडक कामदारको रु.आठ लाख ५१ हजार ५०० रकम लुटेर भागेका ३१ वर्षीय शुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

कामदारलाई  वितरणको लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका -२ हेलौँछाको जंगलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ ।२०७३ सालमा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई ६ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो ।

फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । विश्वकर्मालाई कैद भुक्तानको लागि आइतबार कारगार चलान गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार