भोजपुर, १३ असार ।जिल्ला कारागार कार्यालय भोजपुरमा रहेका कैदीवन्दीलाई पुस्तक तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । चार ओटा स्थानीय तहले दिएका पुस्तक तथा अन्य सामग्री प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कारागारका चौकीदार विष्णु प्रधानलाई हस्तान्तरण गरेका हुन् । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा कानुन, साहित्य, भाषा, सीप विकास लगाएतका ७५ थान पुस्तक हस्तान्तरण गरिएको हो ।
त्यस्तै अरुण र आमचोक गाउँपालिकाले उपलव्ध गराएको एक÷एक थान व्याकअप सिस्टम र हतुवागढी गाउँपालिकाले उपलव्ध गराएको एक थान ईनभटर समेत एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको कारागार कार्यालय भोजपुरका जेलर खगेन्द्र अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय भोजपुरको पहलमा सामग्री उपलब्ध भएको कार्यालयले जनाएको छ । व्याकअपको व्यवस्था भएसँगै बत्तीको समस्या हटेको छ, भने कैदीबन्दीलाई लाइन नभएको अवस्थामा पनि टिभि हेर्न समचार तथा पुस्तहरु पढ्न सहज हुने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताए ।
कारागारमा क्षमता भन्दा वढी कैदीवन्दी हँुदा समस्या हुने गरेको कार्यालयले जनाएको छ । ४० जनाको क्षमता रहेको कारगारमा हाल ११ महिला र ११३ पुरुष गरी १२४ जना कैदीवन्दी रहेको कारागार कार्यालयले जनाएको छ ।