टेम्केमैयुङ गाउँपालिकामा आपङगता सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न-फोटो फिचर


भोजपुर ११ फागुन । स्थानीय सरकारको पहलमा आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसंगै स्थानीयलाई लाभ पुगेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आपाङगता भएका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरेपछि स्थानीय हर्षित भएका हुन् । भौगोलिक विकटता तथा अन्य विविध कारणले स्वास्थ्य सेवाबाट बन्चित भएका स्थानीयलाई लक्षित गरेर टेम्केमैयुङ गाउँपालिकाले शिविरको आयोजना गरेको हो ।

गाउँपालिकाले विषेश गरेर अपाङगता भएका स्थानीयलाई लक्षित गरेको हो । आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउदा उनीहरु हर्षित बनेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको नाक, कान, घाँटी, जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरणका लागि छनौट गरिएको छ । शिविरमा गाउँपालिका भित्रका ४ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जस अनुसार १ नम्बर वडामा ५९ जना, २ नम्बर वडामा ४२ जना, ३ वडामा २१ जना, ४ नम्बर वडामा २८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । यस्तै ५ नम्बर वडामा ५९ , ६ नम्बर वडामा ४७, ७ नम्बरमा ५० जना, ८ नम्बरमा ५६ जना र ९ नम्बरमा ८६ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।अपाङगता भएकाहरुलाई शिविर पस्चात उनीहरुको आवश्यकताको आधारमा परिचयपत्र, सहयोगी उपकरण दिने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका, प्रदेश सरकार र करुणा फाउनडेसनको सहकार्यमा शिविरको आयोजना गरिएको उपाध्यक्ष गाउँपालिका इन्द्रवति राईको भनाइ छ । विद्युत विस्तारको काम सम्पन्न भएपछि गाउँपालिकाले फुसको छानो हटाउने अभियान, पर्यटकिय क्षेत्रको विकास लगाएत कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । जनप्रतिनिधि आएसंगै गाउँपालिकाले सवै वडामा केन्द्रिय विद्युत विस्तार गरेको हो ।

गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भइरहेकोले स्वास्थ्य शिक्षा कृषि, पर्यटन क्षेत्रको विकासमा जुटेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । हालसम्म करिव ५ सय वटा घरको फुसको छाटो हटाएको छ । यो गाउँपालिका प्रदेश १ को पहिलो उज्यालो गाउँपालिका पनि हो, यसरी गाउँपालिकाले स्थानीयको चाहना अनुरुप योजनावद्ध रुपमा विकासका योजना सञ्चालनमा ल्याएपछि स्थानीयमा उत्साह थपिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार