भोजपुर ठुलोदुम्माका ११४ परिवारलाई विद्युत मिटर वितरण


भोजपुर, २८ मंसिर ।
भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका ११४ परिवारलाई विद्युत् मिटर वितरण गरिएको छ । स्थानीयलाई विद्युत्को पहुँचामा जोड्ने लक्ष्यका साथ गाउँपालिका तथा वडा कार्यालयको पहलमा नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले मिटर वितरण गरेको वडाध्यक्ष दीपक साम्पाङले जानकारी दिए । उज्यालो वडा घोषणा गर्ने तयारीका साथ काम भइरहेको वडाध्यक्ष राईले बताए । पौवादुङमा गाउँपालिकाका ६ ओटै वडामा विद्युत विस्तार गर्नको लागि वोलपत्र आह्वान भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार