
भोजपुर, १४ कात्तिक । भोजपुर नगरपालिका –८ पोखरेमा आगलागी भएको छ । शुक्रबार विहान स्थानीय बालकुमार रोक्काको गोठघरमा आगालागी भएको हो । गोठघरमा रहेको काठपात, घाँस पराल लगाएत सम्पूर्ण समाग्री जल्दा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए । आगलागी स्थानीय र नेपाली सेनाको सहयोगमा नियन्त्रण लिइएको थियो । आगालागीको कारण भने खुल्ल सकेको छैन । आगलागीबाट कुनै मानविय तथा चौपायामा क्षति नभएको रोक्काले बताए ।


















