काठमाडौं, ११ चैत्र । प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरी अफवाह फैलाएको भन्दै टेलिभिजनसहित १७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारबाही गरेको हो।
टेलिभिजन, अनलाइन, पत्रिका गरी काउन्सिलले ती सञ्चार माध्यमलाई कारबाही गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । कारबाहीमा परेका सञ्चार माध्यमलाई २४ घण्टे स्पस्टिकरण समेत सोधिएको छ।
यस्तै, दर्ता नभई सञ्चालित ७ वटा अनलाइनको प्रसारण नेपालभरी हेर्नै नमिल्ने समेत बताइएको छ। प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि ९ बुँदे निर्देशिका समेत जारी गरेको छ ।