पूर्वाधार मन्त्रालयले पुर्‍यो सय दिनमा ९ हजार ५ सय खाल्डा


काठमाडौं, १८ फागुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा शनिबार पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । एक सय दिनमा उपत्यकाभित्र रहेका ९ हजार ५ सय वटा सडकका खल्डाखुल्डी पुर्ने कार्य भएको उहाँले बताए ।

त्यसैगरी उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे भएको मन्त्री बताउँदै मन्त्री नेम्वाङले चालू वर्षको अन्त्यसम्म थप ८५ किलोमिटर सडकहरु कालोपत्रे गर्ने लक्ष्य लिएको बताए ।

मन्त्री नेम्वाङले कोटेश्वरको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन र दीर्घकालिन समाधानका काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार