स्वास्थ्य परीक्षणका लागि खरिपाटी क्वोरेण्टाइनमा राखिएकाबाट नमुना संकलन


काठमाण्डौ, १७ फागसन । भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे जाँच गर्न उनीहरुबाट र्‍याल र घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्किलत नमुनाको परीक्षण गरिने छ । यसको रिपोर्ट आउन झण्डै तीन दिन लाग्ने र रिपोर्टमा कोरोना नभएको पाइए क्वारेन्टाइनमा राखिएका १ सय ९३ जनालाई आउँदो बुधबारसम्ममा परिवारको जिम्मा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार