बैतडी, १७ फागुन । बैतडीको ग्रामीण क्षेत्रका नागरिक अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।
जिल्लाको दुर्गम सिगास गाउँपालिकाको विकेट क्षेत्रका नागरिक अझै पनि ढिके नुन प्रयोग गरिरहेका हुन् । प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्ने बानी नभएकोले अधिकांश नागरिकले ढिके नुन प्रयोग गरिरहेका स्थानीय धनबहादुर ऐरले बताए ।
कसैले आयोडिन नुनलाई मन नपराउने तथा मात्रा मिलाउन नजारेर आयोडिन नुन प्रयोग नगर्ने गरेको उहाँले बताए । यसका साथै ढिके नुनभन्दा आयोडिनयुक्त नुन केही महंगो भएर पनि धैरेले प्रयोग नगर्ने गरेका पाइएको छ ।
स्थानीय बजारमा ढिके नुन १५ रुपैयाँमा प्रतिकिलो प
भने आयोडिनयुक्त नुनको प्रतिकिलो २० रुपैयाँ पर्ने गरेको छ । खानको लागि ढिके नुनभन्दा आयोडिनयुक्त नुन फाइदाजनक भए पनि चेतनाको अभावका कारण पनि ढिके नुनको प्रयोग कायम छ ।
केहीलाई चेतनाको अभाव र केहीलाई महंगो लाग्ने भएकोले पनि ढिके नुनले नै बढावा पाएको सिगासकै प्रेमसिंह साउँदले बताए ।