
काठमाण्डौ, १७ फागुन ( भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छिन् ।
मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताइन । नापी विभागको पनि प्राविधिक टोली त्यसमा क्रियाशील रहेकाले काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिइएकी छिन् ।
अव्यवस्थित बसोबास र सुकुम्वासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराइन । कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताइन ।






















