भोजपुरमा अज्ञात समूहले महिलाको दुवै स्तन काटिदिएपछि…


भोजपुर, ४ मंसिर ।
भोजपुरको षडानन्द नगरपालिका ८, तुङ्गेछाको सेमेङमा अज्ञात समुहले महिलाको दुवै स्तन काटिदिएका छन् । स्थानीय सुब्बा तामाङकी श्रीमती ३० वर्षिया विणा तामाङ दुवै स्तन काटि दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बुधबार विहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी तामाङको मकुण्डोधारी अज्ञात समुहले स्तन काटरे भागेको प्रहरी जनाएको छ । कपडा धोईरहेकी महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भिर घाईते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । घाइते महिलाको दिंलामा उपचार हुन नसकेपछि थप उपचारको लागि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएपछि अनुसन्धानको लागि डिएसपी आफै सदरमुकामबाट सो स्थल तिर भएको प्रहरीको भनाईछ ।
सम्पर्क ः ९८४२१४५६४६

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार