काठमाडौं, १९ कात्तिक। ज्यान मार्ने उद्योगमा १० वर्ष कैद फैसला भई फरार रहेका एक जना प्रतिवादीलाई धादिङ प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको साविक सेमजोङ गाविस(१ का चन्द्र बहादुर तामाङ रहेका छन् । २०६९ साल असार २२ गते नेत्रावती डबजोङ गाउँपालिका(३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा तामाङसहित ३ जनालाई अदालतले १०र१० वर्षको कैद फैसला सुनाएको थियो ।
२०६८ साल असोज २५ गते तामाङसहित सोही ठाउँबस्ने मैते तामाङ र धने तामाङको समूहले ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाइते बनाएको भन्दै उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ज्यान मार्ने उधोगमा मुद्धा दायर भएको थियो ।
फरार प्रतिवादीहरु मध्ये तामाङलाई सोमबार पक्राउ गरी मंगलबार आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालत समक्ष पेश गरेको प्रहरीले जनाएको छ ।