पूर्वसभासद् सुवेदीको निधन


काठमाडौं, ९ कात्तिक । पूर्वसभासद् कमला सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको समस्याबाट पीडित सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालीन नेकपा ९एमाले० को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदी पछिल्लो समय रामेछाप –काठमाडौं सम्पर्क समितिको संयोजक थिइन ।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् ।

उनी प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार