तनहुँमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


‍तनहुँ, ३ भाद्र। तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिका(१२ स्थित धाँसीकुवामा ट्रकले रोकिराखेको कारलाई ठक्कर दिई सो कार मोटरसाइकलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भानुनगरपालिका-५ बारीफाँट निवासी- ३५ वर्षीया सुदिपराज पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।प्रहरी प्रमुख अघिकारीका अनुसार उक्त मोटरसाइकलमा पछाडी सवार सुदिप पौडेलकी श्रीमती ३४ वर्षीया प्रेमा न्यौपाने (पौडेल) उक्त दुर्घटनामा गम्भीर घाइते भएकी छन् ।डुम्रेवाट दमौली तर्फ आउँदै गरेको ना६ ख ७५६० नम्बरको ट्रकले सोही ठाँउमा रोकी राखिएको प्रदेश नम्बर (३(०१(००१ य १५४३ नम्बरको पर्यटक कारलाई ठक्कर दिइ विपरीत दिशाबाट आउँदै गरेको ना२० प ३१०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पौडेल गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार