२२ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा थपियो


पाँचथर, १६ साउन । २२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान भएको छ। परीक्षण उत्पादनको रुपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो।

आइतबारदेखि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ। विद्युत् प्रसारणलाइन कावेली करिडोरमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो। पावर हाउसदेखि ३।२ किलोमिटर टाढा फिदिम नगरपालिकाको थापाटारमा रहेको सबस्टेसनमा विद्युत् जडान गरिएको हो। निर्धारित समयभन्दा ढिलागरी आयोजनाको काम सम्पन्न भएको हो। ३० महिनामा सक्ने योजना भएको आयोजना सम्पन्न गर्न ५० महिनाको समय लागेको थियो।विद्युत् उत्पादन भएर सफलतापूर्वक परीक्षण उत्पादन भइरहेकाले आइतबारबाट व्यावसायिक उत्पादन हुने प्रवद्र्धक माउन्टेन हाइड्रोपावर कम्पनीका निर्देशक दिपेन्द्र आङ्बोले जानकारी दिए। उनका अनुसार १५ दिनको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन हुने छ।

‘सफलतापूर्वक केन्द्रीय प्रसारणमा विद्युत् जडान भएको छ। २२.२ मेघावाट नै विद्युत् उत्पादन भएको छ। अब व्यावसायिक उत्पादन हुन्छ,’ आङ्बोले भने, ‘काम सम्पन्न गर्न केही ढिलाइ हुँदा लागत बढेको छ। थोरै भए पनि नेपालको विद्युत् वितरणमा सहयोग पुग्ने छ।’ फिदिम नगरपालिका मुख्य निर्माण क्षेत्र रहेको छ।हिलिहाङ गाउँपालिका पनि प्रभावित क्षेत्र हो। यो आयोजनामा स्थानीयवासीको समेत सेयर लगानी रहेको छ। हेवा र फेमे खोलाको पानी सुरुङमार्गबाट सारान्तमा रहेको सबस्टेसनमा पानी खसालेर विद्युत् उत्पादन गरिएको छ। ५।४ किलोमिटर सुरुङ मार्ग रहेको छ। सफलतापूर्वक विद्युत् उत्पादन भएको प्रवद्र्धक कम्पनीको भनाइ छ।

आयोजनाको दुईवटा इन्टेक रहेको छ। हेवा र फेमे गरी दुई खोलाको पानी प्रयोग भएकाले दुईवटा इन्टेक बनाइएको छ। हेमाखोलाको ज्यामरी बेसीबाट १।३ किलोमिटर सुरुङबाटे फेमेखोलाको ओडारे भन्ने ठाउँमा ल्याइएको छ। यहाँबाट सुरुङमार्ग हुँदै सारान्तामा पानी खसालिएको छ।

निर्माणमा ढिलाइ भए पनि राम्रोसँग आयोजना सम्पन्न भएको आयोजना प्रमुख गणेश सुब्बाले बताए। ‘भूकम्प, बन्द हड्ताल, नाकाबन्दीले हामिलाई असर ग¥यो। ठेकेदार कम्पनीले काम नगर्दा विकल्प खोज्नुप¥यो। निर्माणको चरणमा पटक पटक भएका अवरोधले असर ग¥यो,’ सुब्बाले भने, ‘काम सकिन ढिलाइ हुँदा तथा अन्य कारणले हाम्रो लागतमा वृद्धि ग¥यो। सर्वसाधारण नागरिकको समेत सेयर भएको प्रोजेक्ट हो। सफलतापूर्वक विद्युत् उत्पादन भएको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार