उपचारको क्रममा विरामीको मृत्यु भएपछि बिराट नर्सिङ होममा तनाव


काठमाडौं, ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भएपछि मोरङस्थित बिराट नर्सिङ होममा तनाव भएको छ । बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो । उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गएको मृतकका आफन्तको दावी छ ।

अस्पतालमा प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ ।

चरिमायाको केहीदिनअघि अस्पतालमा शल्यक्रिया गरिएको थियो । बिहीबारदेखि अवस्था खराव हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार