
भोजपुर, १० वैशाख । सोमबार राती भोजपुर बजारस्थित एक पसलमा लकर फोरेर सुन र नगद चोरी भएको छ । बिच बजारमा बद्रि कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको पसल चोरी भएको प्रहरीले जनाएको छ ।
पसलको सेफ (लकर) प्वाल पारेर त्यहाँ रहेको साढे १२ तोला सुन, २२ हजार ६ सय नगद गरी साढे ७ लाख बढी चोरी भएको पसल सञ्चालकले बताएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
सेफ प्वाल पार्न चोरले हात्ते वेल्डिङ मेसिनको प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । लकरको तल्लो खण्डमा रहेको पैसा र अन्य सुन भने चोरले निकाल्न नसकेर छाडेर गएको बताइएको छ । शौचालयको झ्यालबाट पसेर राती चोरी भएको पाइएको प्रहरीले जनाएको छ ।
चोरी गर्नेको खोजी कार्य र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

















