दुवईमा भोजपुरका एक व्यक्ती मृत फेला, मृतकको परिवारलाई ‘आर्थिक’ सहयोग..


भोजपु्र, २५ असार ।

‘भोजपुर हातेमालो समाज युएई’ले एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको छ । रोजगारीको शिलाशिलामा भिजिट भिसामा दुवै पुगेका भोजपुरको हतुवागढी गाउँपालिका, ४ खैराङ्गका ३४ वर्षीय देवेन्द्र विश्वकर्माले आत्माहत्या गरे पछि समाजले पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

एक हप्ता अगाडी दुवै पुगेका व्रिश्वकर्माले आफ्नो साथीको कोठामा सुसाइट नोट लेखेर आत्माहत्या गरेका थिए । विश्वकर्माका साथीहरुले दुबई प्रहरीको साथमा कोठा फोरेर हेर्दा मृत कोठा भित्र रहेको फ्यानमा पासो लगाएर मोबाईल साईलेन्समा राखेर र  बैक कारोबारका कुराहरु सुसाईड नोट लेखेर छाडेको अवस्थामा मृत भेटेका थिए ।

समाजका आजिवन सदस्य राम कुमार तिरुवाले विभिन्न सस्थाका साथिहरुसग मृतक परिवारको सहयोगको लागि आग्रह गरेपछि रकम संकलन गरि मृतकका श्रीमती सरितालाई करिब नेपाली  ४६ हजार रकम हस्तान्तरण गरिएको समाजका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र वहादुर राईले जानकारी गराए ।

नेपाल एम्बेस्सी हबुधावि गई आवश्यक प्रक्रिया कार्गो पुरा गरि शव नेपाल पठाइने तयारी रहेको बराह ईन्डष्टिज प्रा लि कम्पनीका नेपाली नरेन्द्र लकान्द्रीले जानकारी दिए। मृतकको सवसगै परिवार श्रीमती सरिता र भाइ गोबिन्द तिरुवा काठमाडौं फर्केका छन् ।

युएईमा दैनिक जसो सुतेकै अबस्थामा धेरै नेपालीको ज्यान जाने गरेको छ । यसको कारण भने हालसम्म पत्ता लाग्न नसकेको समाजका क्षेत्रिय अध्यक्ष छिरिङ्ग शेर्पाले जानकारी गराए । बिगत एक वर्षमा दुबईमा सुतेकै अबस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या झन्डै सय पुगेको दुवई स्थिति नेपाली दुतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार