

भोजपुर ४ असार ।
भोजपुर व्याडमिन्टन संघको आयोजनामा प्रथम खुल्ला जिल्ला स्तरिय भोजपुर नगरपालिका मेयर कप व्याडमिन्टन प्रयोगिताको शुरु भएको छ । प्रतियोगितामा खुल्ला डवल पुरुष तर्फ १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने जोडीलाई २५ हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ, भने १६ बर्ष मुनिका विजेतालाई भने ¥याकेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेल दुई चरणमा सञ्चालन हुने भएकाले १६ वर्ष मुनिका सहभागिको संख्या भने भोलिमात्र टुङगो लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले गरेका हुन । प्रतियोगिताको उद्घाटन कार्यक्रम जिल्ला व्याडमिन्टन संघका अध्यक्ष निमा सेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिकाको एक लाख आर्थिक सहयोगमा आजबाट शुरु भएको प्रतियोगिता यहि ७ गते सम्म सञ्चालन हुने छ ।


















