भोजपुरमा आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ


भोजपुर, ४ असार ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै ६२ वर्षीय आमालाई करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साल्पासिलिछो गाउँपालिका–४ का २० वर्षीय (नाम परिवर्तित सीटी शेर्पा) रहेका छन् ।

पीडीत आमाले आफुलाई छोराले करणी गरेको भन्दै प्रहरीमा उजुरी दिए पछि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयार थारुले जानकारी दिए । शेर्पाले आइतवार आफ्नै घरमा करणी गरेको आमाले दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार