भोजपुर,११ जेष्ठ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने वालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएको छ । करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं – ५ खावा मझौलेका १४ वर्षीय वालकलाई नियन्त्रणमा लिई मुद्धा दर्ता गराई कानुनी प्रक्रिया अगाडी बढाएको हो ।
गत सोमवार साँझको समयमा घरमा कोही नभएको मौकाछोपी घर नजिकै गोठमा लगेर करणी गर्न लागेको अवस्थामा आमाले भेटेपछि पीडक भोगेको पीडीत वालिकाकी आमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
सोही स्थान वस्ने पीडित वालिकाकी आमाले दिएको उजुरीको आधारमा पीडक विरुद्ध जर्वजस्ती करणी उद्योगमा मुद्धा दर्ता गराई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
करणी उद्योग पश्चात फरार रहेका पीडकलाई इलाका प्रहरी कार्यालय अन्नपुर्णले विहिवार नियन्त्रणमा लिए पस्चात शुक्रवार जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । आरोपित १४ वर्षीय वालक रहेकोले नाम भने गोप्य राखिएको छ ।