यस्तो छ ३८ क्विन्टल सुन तस्करीका प्रमुख अभियुक्त उप्रेतीको ‘सुनौलो’ परिवार पत्नीले खुलाएकी छन्–‘निक नेम गोरे’


काठमाडौं, २५ वैशाख । सरकारी वकिलको कार्यालय मोरङले जिल्ला अदालतमा दर्ता गरेको ३८ क्विन्टल तस्करीको सुन प्रकरण र सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै रहेको खुलेको छ ।

भारतीय सेनाका भगौडा तथा दुबई प्रहरीमा केही समय काम गरेका ‘गोरे’को सुनसँगको सम्बन्ध प्रस्तुत गरिएका तस्बिरहरूमा देखिन्छन् । गृह मन्त्रालयको छानविन समितिले ‘गोरे’की श्रीमती निरू भनिने नर्वदा खरेल उप्रेतीसहितको लगानीमा ०६९ सालदेखि ‘गोरे’ तस्करीमा संलग्न रहेको ठहर गरेको थियो ।

यो दम्पत्ती तस्करीका लागि दुबई जाने गरेको पनि निरूको सामाजिक सञ्जाल फेसबुकबाट पुष्टि हुन्छ । निरूले दुबईको मरुभूमिमा ‘गोरे’को ‘डेजर्ट सफारी’को तस्बीर पोष्ट गर्दै खुलाएका छिन्, ‘उहाँ गोरे ज्वाईँ नै हो ’

विमानस्थलमा रहने प्रहरी अधिकारीसँग उनीहरुको निरन्तर सम्पर्क र सम्बन्ध राखेका अभियुक्तहरूका बयानले पुष्टि गरिसकेको छ । हालसम्म मिडियामा ‘गोरे’को एउटै मात्र तस्बिर सार्वजनिक भएका छन् ।  एउटा तस्बीरमा ‘गोरे’ आफ्ना सन्तानलाई डोर्याउँदै गरेका देखिएका छन् । मोवाइलमा कुराकानी गर्दै उनी बच्चालाई बाटोमा हिँडाइरहेका छन् ।

गोरेको एउटा तस्बीर अलिक पुरानो छ, उनको विवाहको वर्षको जस्तो देखिन्छ । हाल कपाल पालेर हुलिया परिवर्तन गरेका उनी त्यसबेला कपाल काटेका देखिन्छन् । उनी निरूसँग छन् ।

फरार रहेका ‘गोरे’को खोजीमा प्रहरी सक्रिय रहेको छ । उनले तस्करीको काम पत्नीको सल्लाहअनुसार नै गरिरहेको पनि खुलिसकेको छ । मुद्दामा निरूलाई पनि प्रतिवादी बनाएर दर्ता गरेको मुद्दाले नै यसलाई पुष्टि गरिसकेको छ ।

यो बीचमा निरुले गोरेसँग सम्बन्ध बिच्छेद गर्न चाहेको कुरा पनि मिडियामा सार्वजनिक भएको छ । जुन कुरा सनम शाक्यको श्रीमतीले सुनिलले बयानका क्रममा भनेकी थिइन् । एउटा सुनौलो परिवार अन्ततः आफूले भोगेको कालो कर्तुतको भागिदार बनेको छ । ‘गोरे’ र उनको परिवारका सदस्य अहिलेसम्म बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार