वडाअध्यक्षले गरे यस्तो कुकर्म , रातभर १५ वर्षीया किशोरीमाथि बारम्बार यौन शोषण


मादी गाँउपालिका वडा नं -७ का वडाअध्यक्ष लालबहादुर गुरुङले लामो समयदेखि विवाह गर्ने प्रलोभनमा गाउँकै एक किशोरीलाई यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ ।

बिहेको प्रलोभनमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय किशोरीलाई ३५ वर्षीय अविवाहित वडाअध्यक्षले हरेक राति आफ्नो घरमा लगेर यौन शोषण गर्दै गरेको हुन् । हरेक राति मोटरसाइलमा राखेर आफ्नो घर लाने र बिहान सवेरै किसोरको घरमा ल्याएर छोड्ने गरेको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो । घटनाको बारेमा गाउँमा चर्चा हुन थालेपछि गाउँलेले शनिबार राति वडाअध्यक्षको घर घेराउ गरेका थिए । उनको घरमा किसोरी र वडा अध्यक्ष एउटै कोठामा भेटेपछि गाउँको घटना बाहिर नल्याउने भन्ने सहमती हुन थालेको थियो ।

तर आइतबार नेकपा एमालेका वडा कमिटीका अध्यक्ष बुद्धिबहादुर गुरुङको अध्यक्षतामा छलफल राखे पछि वडा अध्यक्षले किशोरीलाई बिहे गर्न दवाव दिइएको थियो । तर मुखले आफु किसोरी संग विवाह गर्न तयार भएको स्विाकारे पनि केटीको सुरक्षित भविष्यका लागि लिखित कागज गर्न भने वडाअध्यक्षले मन्जुर भएनन् । आफुले सवै बन्दोवस्त गर्छु भनेपनि कागज गरिएको छैन, अहिले त किसोरी पनि घरमा नभएको खवर सार्वजनिक भइरहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार