भोजपुर, १४ चैत्र । भोजपुरमा स्थानिय तहले तत्कालिन जिल्ला विकास समितिद्धारा सञ्चालनमा ल्याएका योजनाहरु अलपत्र परेको जिल्ला समन्वय समितिले जनाएको छ ।
स्थानिय तहहरुले ती योजनाका लागि वजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् ।
विशेष गरेर साना खालका योजना भन्दा पनि क्रमागत रुपमा सञ्चालन गरिएका योजनाहरु अलपत्र परेका छन् । तत्कालिन जिल्ला विकास समितिले सञ्चालन गरेका योजनाहरुको लागि विभिन्न निर्माण सामग्रीहरु खरिद गरिएको भए पनि स्थानिय तहहरुले रकम नछुट्याइ दिँदा केही योजनाहरु अलपत्र परेका जिल्ला समवन्य समितिले जनाएको छ ।
साना खालका केहि योजनाहरुको जिल्ला समन्वय समिमिले रकम भुक्तानी दिएको भए पनि केहि क्रमागत योजनाहरुले निरन्तरता नपाएको जिल्ला समन्वय समितिका सुचना अधिकारी धनकुमार राईले जानकारी दिए ।
ती योजनाहरुको निरन्तरताको लागि जिल्ला समन्वय समितिले स्थानिय तहलाई पत्रचार गर्ने तयारी गरिहेको उनको भनाई छ