सुनसरी,१२ चैत्र ।
सुनसरीमा आगलागीमा परि एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आगोमा परेर विन्देस्वर मलिकका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको हो भने उनकै ४० बर्षिय श्रीमती, ३५ बर्षिय सविता मलिक घाइते भएका छन् ।
कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देस्वर मलिकको घरमा आगलागी भएको हो ।
आइतवार साँझ ५ बजेतिर घरमा बालेको आगोले उनीहरुको घर तथा घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। मृतकको शव
ईनरुवा अस्पतालको शव गृहमा राखिएको छ भने घाइते दुवैको सोही अस्पतालाम उपचार भइरेहको छ।
आगलागी दमकल नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।