भोजपुरकी एक महिलाको विरगन्जबाट उद्धार,परिवारको खोजी गरि दिन आग्रह…


भोजपुर, १० चैत्र ।
भोजपुरकी एक महिलाको विरगन्जबाट उद्धार गरिएको छ । विरगंजको सीमावर्ताी क्षेत्रमा मानसीक सन्तुलन ठिक नभएकी भोजपुर घर बताउने एक जना युवतीलाई माइती नेपाल विरगंजले उद्धार गरेको हो ।

अन्दाजी २८/२९ वर्षीय माया राई नाम बताउने युवतीलाई माइती नेपालले गत ६ गते उद्धार गरेको हो । राईको हुलीया कपाल खउरेको, रातो स्वीटर, पुरानो कालो पहेलो बुटे लुगा लगाएको जनाइएको छ ।

मानसीक सन्तुलन ठिक नभएकी राईले भोजपुरको उत्तरी भेगको षडानन्द नगरपालिकाको दिंला, नेपाललेडाँडा बेसीगाउँ, कात्तिके, वालुवा वेसी घर बताउने गरेको माइती नेपाल विरगंजकी शाखा प्रमुख संगीता पुरीले वताइन् ।

राईले आफ्नो बाबुको नाम चन्द्र बहादुर राई र आमाको नाम आइत माया राई बताउने गरेकोले माइती नेपालले जिल्ला प्रहरी कार्यालय भोजपुलाई राईको परिवारको खोजीको लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार