सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको मृत्यु, ९ घाइते


सिन्धुपाल्चोक ९ चैत । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ आउँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका – १२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ ।

बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार