डाइमन्ड डान्स क्रू भोजपुरद्धारा शैक्षिक साम्रागी विरण


भोजपुर ८ चैत्र । डाइमन्ड डान्स क्रू भोजपुरले भोजपुर नगरपालिका वडा नं ४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बुधवार एक कार्यक्रम गरि सिद्धेश्वर माध्यमिक विद्यालयका गरीब तथा जेहेन्दार १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । गत फागुन २९ गते भोजपुरको विद्योदय माध्यमिक विद्यालयका १८ जना विद्यार्थी, र गत १ गते यशोधरा मावि टक्सारका ८ जना विद्यार्थीलाई शैक्षिक सामगी्र वितरण गरेको थियो ।

एक जना विद्यार्थीलाई आधा दर्जन डट पेन र आधा दर्जन कपी वितरण गरेको नृत्यकर्मी संघका केन्द्रिय सदस्य तथा डाइमन्ड डान्स क्रूका संयोजक शुसन घिमिरेले जानकारी दिए । नृत्य कलाकारीता क्षेत्रको विकाससंगै सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्यका साथ २०७४ सालमा स्थापना भएको डाइमन्ड डान्स क्रू मा ११ जना सदस्य रहेका छन् ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने लक्ष्यका साथ शैक्षिक सामग्री वितरण गर्न लागेको क्रूले जनाएको छ । त्यस्तै क्रुले नगरपालिका भरीका सात वटा विद्यालयका १/१ जना विद्यार्थीलाई २ वर्ष सम्म निशुल्क र ५/५ जना विद्यार्थीलाई ३८ प्रतिशतमा नृत्य अभिनय र उद्घोषण मध्ये एकमा छुट दिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार