मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ


काठमाडौं ५ चैत्र । रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर ‘१० लाख नदिए मार्दिन्छौं’ भन्दै धम्की दिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
बिगत १२ दिनदेखि यसरी मेयरलाई पैसा मागेर धम्क्याउँदै आएका मोहम्मद साम्सङ आलम र जुल्फिकर शेखलाई ललितपुरको बालकुमारीबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता ९एसपी० जीवन श्रेष्ठले जानकारी दिए ।
२५ वर्षीय आलम रौतहट स्थित कठरिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्यस्तै ४५ वर्षीय जुल्फिकर शेख रौतहटको राजपुर नगरपालिकाका स्थायी बासिन्दा भएको बताइएको छ । उनीहरुलाई प्रहरीले आईतबार राती नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार