भोजपुर, १ चैत्र । भोजपुर नगरपालिका –३ गुप्तेश्वरको वडा कार्यालयले वर्थिङ्ग सेन्टरमा प्रशुति नगराए जरिवाना गर्ने भएको छ ।
असुरक्षित प्रशुति हुँदा धेरै महिलाको अकालमा ज्यान जाने गरेको ठहर गर्दै अनिवार्य रुपमा स्वास्थ्य सस्थामा गएर प्रशुति गराउने वानीको विकास गर्नको लागि यस्तो निर्णय गरिएको गुप्तेश्वर स्वास्थ्य चौकीका सुचना अधिकारी मिन वहादुर वुढाले जानकारी दिए ।
स्वास्थ्य व्यावस्थापन समितिका अध्यक्ष तथा वडा नं –३ का वडा अध्यक्ष कलम थुलुङ्गको अध्यक्षतामा वैठक वसी यस्तो निर्णय गरिएको हो ।
स्वास्थ्य व्यावस्थान समितिले स्वास्थ्य सस्थामा जाँच गर्न नआई कसैले घरमा नै प्रशुति गराएमा वडा कार्यालयबाट दिने सेवा सुविधा रोक्का गरि ५ सय रुपैया जरिवाना गरेर मात्र पुनः सेवा सुविधा दिने निर्णय गरेको हो । गुप्तेश्वरमा गत फागुन २५ गतेबाट वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ ।