काठमाण्डौं, २८ फागुन । यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ । भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ ।
विमानस्थल स्रोतका अनुसार शवलाई अहिले दुर्घटनास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ । घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ । विमानमा ७६ यात्रु रहेको बताइएको छ । उद्दार कार्य जारी छ । मृत्तकको संख्या बढ्न सक्ने पनि जनाइएको छ ।