भोजपुरका दुई जघन्य अपराधमा संलग्नलाई अदालतले तोक्यो सजाय , यस्तो छ, कैद अवधी !


भोजपुर, १६ फागुन ।

जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जर्वजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ । अदालतले आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको वलत्कार पछी हत्याको प्रयास गर्ने १८ वर्षिय सन्तोष श्रेष्ठलाई जवर्जस्ती करणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो ।

त्यस्तै एक लाख ५० हजार जरीवना र २ लाख ५० हजार पीडीतलाई क्षतिपूर्ती दिनु पर्ने फैसला भएको छ । उनले स्थानिय वालिकाको वलत्कार पछी आँखा फुटाएर हत्याको प्रयास समेत गरेका थिए ।

त्यस्तै गत साउन महिनामा भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिय वालिकालाई करणी गरि गर्भवती वनाउने सोही गाउँपालिकाको आरुखर्कका १९ वर्षिय स्थानिय दुर्गा वहादुर श्रेष्ठलाई १२ वर्ष कैद र पीडीतलाई एक लाख ५० हजार क्षतीपूर्ती दिनु पर्ने फैलासा गरिएको छ । श्रेष्ठले २०७३ साल पुष ९ गते घरमा कोही नभएको मौका छोपी वालिका करणी गरि गर्भवती वनाएका थिए । श्रेष्ठ विरुद्ध प्रहरीले जवर्जस्ती करणीमा मुद्धा दर्ता गराएको थियो ।

उनीहरु दुवैलाई जिल्ला न्यायदिस हरिस चन्द्र इङ्नामको एकल इजिलासले कैद सजाय सुनाएको हो । याकुकी पीडीत वालिका काठमाण्डौ सिविन नामक सस्थाको संरक्षणमा रहेकी छिन् भने दुम्मानाकी वालिका पनि उपचार पश्चात अहिले रक्षा नेपाल काठमाण्डौको संरक्षणमा रहेको महिला तथा वालवालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पालता उप्रेतीले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार