भोजपुरमा तीन विद्यालयलाई ३० थान कम्प्युटर वितरण


भोजपुर,१० फागुन ।
भोजपुर जिल्लाका विभिन्न तीन विद्यालयलाई कम्प्यूटर वितरण गरिएको छ । भोजपुर नगरपालिका क्षेत्रका विद्योदय माध्यमिक विद्यालय, पोखरेमा रहेको सरस्वती आधारभुत विद्यालय र अरुण गाउँपालिकाको सारदा माध्यमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो ।

सारदा माध्यमिक विद्यालय र सरस्वती आधारभुत विद्यालयलाई ५ /५ थान र विद्योदय माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर वितरण गरिएको हो । इश्वर मन्दिर काठमाण्डौले कम्प्युटर वितरण गरेका हो ।

कम्प्युटर वितरणसंगै विद्योदय माध्यमिक विद्यालयमा इ लर्निङ सेन्टरको समेत उद्घाटन गरिएको छ । ई –लर्निङ्ग सेन्टरको पुर्व अर्थमन्त्री शंखर कोईरालाले उद्घाटन गरेका हुन् ।

वितरण कार्यक्रममा वोल्दै कोइरालाले विकास निमार्णको काममा प्रत्यक्ष भुमिका प¥ुयाउने ठाउँमा नरहेपनि आफुले सदैव जिल्लाको विकासमा सहयोग गर्ने वताएका छन् । जिल्लाको सडक, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रको सर्वाङगीण विकासमा आफ्नो प्रयास रहने उनको भनाई थियो । त्यस्तै ई –लर्निङ्ग सेन्टर स्थापना गर्ने संस्था इश्वर मन्दिर काठमाडौंका अध्यक्ष प्रमेश केसीले पछिल्लो समय सरकारले कम्प्युटरको माध्यमबाट शैक्षिक विकासमा गइरहेकोले विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्नका लागि सो ई लर्निङ्ग सेन्टर स्थापना गरेको वताए । साथै आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि यस्तो खाले सहयोग गर्ने उनको भनाई थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार