भोजपुर,५ फागुन ।
भोजपुरमा अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
भोजपुरन नगरपालिका वडा नं – १२ का एक अग्नी पिडितलाई आर्थिक सहयोग गरिएको हो । भोजपुरको हस्पीटल रोड टोल सुधार समितिद्धारा संकलित ३१ हजार ६० रुपैया अग्नी पिडित स्थानीय प्रेम कुमार श्रेष्ठको परीवारलाई हस्तान्तरण गरीएको समितिका अध्यक्ष दानबहादुर कार्कीले जानकारी दिए ।
गत २ गते श्रेष्ठको घरमा अचानक आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । अध्यक्ष दान बहादुर कार्की र सचिव वेनु कुमार श्रेष्ठको नेतृत्वमा संकलित रकम पिडित श्रेष्ठको परीवारलाई सहयोग गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।
समितिले अग्नी पिडित श्रेष्ठलाई सहयोगका लागि सवैमा अनुरोध समेत गरेको छ ।