भोजपुरको ओख्रेमा सडक निर्माणको लागि राखिएको डिजेल अज्ञात समुहद्धारा नश्ट


भोजपुर, ५ फागुन ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा सडक निर्माणको लागि राखिएको डिजेल अज्ञात समुहले नश्ट गरेको छ । सोही गाउँपालिकाको वडा नं एक ओख्रेको हुर्वुमा सडक निर्माणको लागि राखिएको १२ ओटा ड्रममा रहेको करिव १९ सय २० लिटर डिजेल नश्न गरेको हो ।

 

सो स्थानमा राखिएका एक सय ६० लिटरका १२ ओटा ड्रम अज्ञात समुहले काट्दा तीन लाख ५० हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

सो स्थान प्रहरी गई आवश्यक मुचुल्का तयार गरि डिजेल नश्ट गर्ने समुहको खोजी भईरहेको प्रहरीको भनाई छ । शुक्रवार राती अज्ञात समुह डिजेल राखिएको ड्रम काटेको प्रहरीको जनाएको छ । डिजेल राखिएको स्थान वस्ती भन्दा केहि टाढा रहेको प्रहरीको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार