मानक नेपाली भाषा सम्वन्धि अभिमुखिकरण कार्यक्रम


भोजपुर ४ फागुन ।
भोजपुर सदरमुकाममा मानक नेपाली भाषा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरीएको छ ।
नेपाल सरकारले विगतमा वर्णविन्यास सम्वन्धी नयाँ नियम लागु गराएर नेपाली भाषा विगार्न खोजेकोले त्यसलाई दवाव दिएर फिर्ता लिन वाध्य वनाएकोसंगै, अव कसरी मानक नेपाली भाषाको संरक्षण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो ।

नेपाली भाषाको वर्णविन्यास,  लिपि र चिन्हको सम्बन्धमा केहि समय अघी देखि विवाद तथा अन्योल रहँदै आएको छ । मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सन्जालका अध्यक्ष एवं त्रिभुवन विश्वविध्यालयका प्राध्यापक डाक्टर खगेन्द्र लुईटेलले नेपाली मानक भाषा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

मानक नेपाली वर्णविन्यास र लेख्यरुप सम्बन्धि नौ बुँदे अबधारणा पत्रमा विश्व विद्यालय, विद्यालय, प्रज्ञाप्रतिष्ठान तथा नेपाल सरकारले विगतमा गरेका वर्ण विन्यास सम्वन्धी निर्णय सच्याएर यस मानकलाई प्रचलनमा ल्याउनु पर्ने लगाएत वुँदाहरु समेटिएका छन् । सञ्जालले विगतमा भएका निर्णयलाई सच्याउन समेत माग गरेको छ ।

भोजपुुर वहुमुखि क्याम्पसको आयोजना र नारी साहित्य प्रतिष्ठान भोजपुरको सह -आयोजनामा कार्यक्रम गरिएको हो । ‘मानक नेपाली भाषा अभियान, भाषिक मानकीकरण हाम्रो शान’ भन्ने मुल नाराका अभिमुखिकरण कार्यक्रम गरिएको हो । भोजपुर वहुमुखी क्याम्पसका प्रमुख डाक्टर रोहित कुमार श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अथिति मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक डा. खगेन्द्र लुइटेल रहेका थिए ।

कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले, विभिन्न विद्यालयका शिक्षक, कर्मचारी, विश्व विद्यालयका विद्यार्थी लगाएत गरि २ सय ५० जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार