प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त


२ फागुन, । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो ।

 

९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।

मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार